३८ जना छात्राहरुलाई वाच द्धारा छात्रावृत्ति वितरण

३८ जना छात्राहरुलाई वाच द्धारा छात्रावृत्ति वितरण

वाचको आर्थिक सहयोगमा विगत लामो समय देखि वाच संस्थाले आर्थिक अवश्था कमजोर भएर विद्यालय जानबाट बन्चित भएका समूह सदस्यका छोरीहरुलाई आर्थिक रुपमा सहयोग गरी उनीहरुलाई विद्यालय जाने सहज वातावरण वाच संस्थाले गर्दै आएको छ । यसै अनुसार यो वर्ष ६० जनालाई दिने योजना अनुसार रुपन्देही, पाल्पा, नवलपरासीमा वितरण गरिएको छ भने ओखलढु¨ामा छिटै वितरण गरिर्दै छ ।

वाच संस्थाले कुनै विदेशीको सहयोग नभई संस्थाले आफनै छात्रावृत्ति कोष स्थापना गरि उक्त रकमबाट प्राप्त भएको व्याज रकमबाट वाचले छात्रावृत्ति वितरण गर्दै आएको छ । वाच संस्थाले एक जना बराबर नगद रु २००० दुई हजार र कोइलर ,गिरिराज वा लोकल कुखुराका ५ वटा चल्ला दिने गरेको छ । उक्त नगद रकमबाट तत्काल आवश्यक पर्ने शैक्षिक सामाग्री खरिद गर्नु पर्ने र कुखुराका चल्ला हुर्काई बढाई विक्रि गरि त्यसबाट आएको आम्दानी शैक्षिक क्षेत्रमा लगाउनु पर्ने रहेको छ । उक्त छात्रावृत्ति रकम लगातार २ वर्ष सम्म वितरण गरिन्छ ।यो वर्ष रुपन्देही देवदह नगरपालिकाका १,४,८,११ र १२ वडाको १७ जना तिनाउ गाउँपालिका २ र ३ वडाको गरी १४ जना र सरावल गाँउपालिकाको ३ वडाका ७ जनालाई गरी जम्मा ३८ जना छात्राहरुलाई नगद रु २००० का दरले रकम देवदहको वाच अफिसमा लुम्बिनी प्रदेश संभासद माननिय निर्मलादेवी चौधरी र स्थानिय वडा नं. ८ का अध्यक्ष हरि प्रसाद पाण्डे ,पत्रकार र महिला समूह सदस्यहरुको उपस्थितीमा उक्त छात्रावृत्ति रकम वितरण गरिएको छ यसै गरी तिनाउ गाउँपालिकामा गाँउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ ,वडा नं.२ का वडा अध्यक्ष यादव प्रसाद अर्याल र वडा नं. ३ का वडा सदस्य तथा कार्यपालिका सदस्य पंफा थापा र सरावल गाउँपालिकामा गाउँपालिकाका उपाध्यक्ष बासमती हरिजन वडा नं. ३ का वडा अध्यक्ष फिर¨ी चौधरीको उपस्थितीमा छात्रावृत्ति वितरण गरिएको छ । उक्त सहयोग रकमबाट छात्राहरुको शैक्षिक स्तरमा सुधार आउने अपेक्षा वाच संस्थाले गरेको छ ।